वर्षाका कारण तमिलनाडु तहसनहस, १० जनाको मृत्यु, १२ हजार विस्थापित

पालिका डायरी
४ पुष २०८०, १८:१९

भारतको दक्षिणी राज्य तमिलनाडुमा भारी वर्षासँगै आएको बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ।

ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिस सुरक्षित स्थानतर्फ जान बाध्य भएको राज्य सरकारी अधिकारीहरूले बताएका छन्। यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँधीको सामना गर्नुपरेको थियो।

विगत केही दिनदेखि तमिलनाडुमा परेको लगातारको वर्षा यही आँधीको परिणाम भएको बताइएको छ।

प्रतिक्रिया