बागमतीका स्वास्थ्य सचिव खड्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

पालिका डायरी
२८ मंसिर २०८०, १७:०७
बागमतीका स्वास्थ्य सचिव खड्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले बागमती प्रदेशको स्वास्थ्य सचिवबाट बद्री बहादुर खड्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

बिहीबार सर्बोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले जिम्मेवारीबाट हटाउने निर्णयमाथि कारण देखाउ आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न समेत अन्तरिम आदेश जारी गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाई १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो। सो निर्णयविरुद्ध खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया