हेटौंडाको सडक नभत्के सामूहिक आत्मदाह गछौं भन्दै नगर प्रमुखलाई ज्ञापन पत्र

पालिका डायरी
१५ श्रावण २०८०, ११:५४

हेटौंडा / दुई साता देखि सडक डिभिजन कार्यालय हेटौंडाको गेटमा धर्नामा रहेका हेटौंडा–८ का एक परिवारले सडक भत्काउन काम अघि नबढे सामूहिक आत्मदाह गर्ने भन्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामालाई ज्ञापन पत्र बुझाएका छन् ।

लामो समय देखि चर्चामा रहँदै रोकिदैँ आएको पुर्व पश्चिम राजमार्गका कारण हेटौंडा बजार क्षेत्रको सडकमा दुर्घटनाका घटना बढ्दै गएको र बजारको स्वरुप बिग्रिएको भन्दै उनीहरुले सडक विस्तार रोक्न बाधक नबन्न माग गर्दै उपमहानरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्नबाट पछि हट्न नहुने माग राख्दै साउन १ गतेबाट ७३ वर्षीय मानबहादुर तामाङ सहित उनका ३४ वर्षीय छोरा राजिव तामाङ सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बस्दै आएका छन् ।

दुई साता देखि अनसरमा रहेका उनीहरुले सडक विस्तारको पक्षमा रहन माग गर्दै नगर प्रमुख लामालाई ज्ञापन पत्र बुझाएका हुन् । विकासप्रेमी अभियान्ताको रुपमा पत्र बुझाउनका लागि धर्ना बसेका बाबु छोराको साथमा हेटौंडा–८ का रामकृष्ण अघिकारी र रामचन्द्र तामाङ पनि सहभागि थिए ।

एसियन हाईवेको रुपमा रहेका राजमार्ग विस्तार नहुँदा अन्य जिल्लाको तुलनामा हेटौंडा पछि परेको भन्दै सडक विस्तारले समग्र देशको विकासमा मद्दत गर्ने भन्दै यसलाई रोक्न नहुने बताएका छन् । उनले अनसनमा बस्नुको कुनै स्वार्थ नभएको भन्दै हेटौंडालाई सुन्दर बनाउने तर्फ हाम्रो ध्यान रहेको भन्दै नगर प्रमुखले यसमा साथ दिन आग्रह गरे । वर्षौदेखिको सडक फराकिलो बनाउने कार्य विभिन्न बहानामा पूरा नभकाले यसलाई अब रोक्न नहुने उनीहरुले ज्ञापत्र पत्र बुझाउँदै बताए ।

सडक डिभिजन कार्यालयमा मार्फत सडकका घर टहरा हटाउन जारी भएको सूचनाको समय १५ गते आज सकिने अवधि सम्म अनसन बस्ने र १६ गतेबाट काम सुरु नभए आमरण बस्ने ज्ञापन पत्रमा उल्लेख छ । अहिलेको अवस्थामा पनि हेटौंडाको संरचना भत्काउने कुराबाट सडक डिभिजन कार्यालय हटेमा कुनै पनि बेला सामूहिक आत्मादाह गर्नबाट पछि नहट्ने पत्रमा उल्लेख छ ।

डभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते राजमार्गको हेटौंडा–१५ रातोमाटेबाट बुद्धचोक हुँदै राप्तीपुलसम्मको दायाँ बायाँ सडक २५/२५ गजभित्र पर्ने संरचना हटाउन सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया