चितवनमा २४ घण्टामा ४ जनालाई डेंगी संक्रमण

पालिका डायरी
१२ श्रावण २०८०, १८:०८
मकवानपुरमा फैलदैं डेंगू, दुई हप्तामा २८ संक्रमित फाईल फोटो

चितवनका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगीको सङ्क्रमण देखिएको छ।

चालु आर्थिक वर्षको साउन १ देखि १२ गतेसम्म सो सङ्ख्यामा डेंगीको सङ्क्रमण देखिएको हो। स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो चौबीस घन्टामा मात्रै चार जनामा डेंगीको सङ्क्रमण भेटिएको छ।

कार्यालयका सूचना अधिकारीराम केसीका अनुसार चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगीको सङ्क्रमण देखिएको हो।

सङ्क्रमितमध्ये पाँच जना जिल्ला बाहिरका र तीन जनाको ठेगाना नखुलेको उनले बताए।

प्रतिक्रिया