हेटौंडा सडक विस्तार गर्नुपर्ने माग राख्दै १३ दिनदेखि अनसनमा बावु छोरा

पालिका डायरी
१२ श्रावण २०८०, १८:०३

हेटौंडा / हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्नबाट पछि हट्न नहुने भन्दै हेटौंडा ७३ वर्षीय एक वृद्धा र उनका छोरा सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बसेका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगर भित्रको सडक विस्तार कार्य रोक्न नहुने र सडक डिभिजन कार्यालयले यस पटक खुट्टा कमाउन नहुने भन्दै हेटौंडा उपमहानरपालिका वडा नम्बर ८ कमानेका ७३ वर्षीय मानबहादुर तामाङ र उनका छोरा ३४ वर्षीय राजिव तामाङ विगत १२ दिनदेखि सडक डिभिजन कार्यालय हेटौंडाको गेटमा अनसन बसेका हुन् ।

उनीहरुले अब कुनैपनि बहानमा सडक विस्ताको काम रोक्न नहुँने भन्दै हेटौंडा स्थित सडक डिभिजन कार्यलयको गेटमा अनसन बसेका हुन् उनीहरुले सडक विस्तारले समग्र देशकै विकास गर्ने भएकाले यसलाई रोक्न नहुँने भन्दै यहि साउन १ गतेबाट गेटमा अनसन बसिरहेका छन्।
अनसन बसिरहेका राजिव तामाङले सरकारले कम भन्दा कम क्षति हुने गरी सडक विस्तारको उपाय खोज्नुपर्ने बताए। उनले हेटौंडा–१५ देखि राप्तिपुलसम्मको क्षेत्रमा पर्ने सरकारी जग्गाहरुको उपयोग गर्दै सडक विस्तार गरे कम क्षति हुने भएकाले सोही अनुसार गर्नुपर्ने बताए ।
‘भन्न त हामीलाई धेरैले कुन राजनीतिक दलले ल्याएको यहाँ भनेर पनि सोध्छन्।’ उनले भने, ‘हामी अनसनमा बस्नुमा कुनै स्वार्थ छैन। न कुनै राजनीतिक दलको समर्थनमा हामी यहाँ बसेका हौं। हेटौंडालाई सुन्दर बनाउनपर्छ भन्ने नै हाम्रो माग हो। बर्षौदेखिको सडक फराकिलो बनाउने अभियान पूरा नभएकोले यो पूरा हुनुपर्छ भनेर हामी अनसनमा बसेका हौं।’

उनका अनुसार १५ गतेसम्म अनसन बस्ने र १६ गतेबाट पनि काम सुरु हुन सकेन भने आमरण बस्ने तयारी रहेको छ । ‘यतिमात्रै होइन यदि यो पटक पनि हेटौंडाको संरचना भत्काउने कुराबाट सडक डिभिजन कार्यालय ब्याक भयो भने १७ गतेदेखि म कुनै पनि बेला आत्मादाह गर्न पनि सक्छु,’ उनले भने।

अनसनमा रहेका ७३ वर्षीय तामाङले सडक विस्तार कार्यमा आफुहरुको कुनै स्वार्थ नभएको तर यो अस्ताउने उमेरमा समग्र हेटौंडाको विकास वर्षौदेखिको अन्यौलताले निकास पाएको हेर्न चाहेको बताए । सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बसिरहेका उनीहरु सबैको समर्थनको पर्खाइमा रहेको बताए ।

डभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते राजमार्गको हेटौंडा–१५ रातोमाटेबाट बुद्धचोक हुँदै राप्तीपुलसम्मको दायाँ बायाँ सडक २५÷२५ गजभित्र पर्ने संरचना हटाउन सूचना प्रकाशित गरेको थियो। सडक डिभिजनको ३५ दिने सूचना यहि साउन १५ गते सकिदैँछ। १६ गतेबाट महेन्द्र राजमार्ग अन्र्तगत पर्ने हेटौंडाको मेनरोड देखि राप्तीरोडसम्मको संरचनाहरु हटाउनको लागि जोडर चलाइने सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश कुमार यादवले बताए।

प्रतिक्रिया