समाजवादी केन्द्र मकवानपुरमा भुइचालो नेताहरुले समाजवादी छोड्दै गरे एमालेमा प्रवेश
राम कुमार दानी
हेटौंडा / सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी केन्द्र मकवानपुर जिल्ला कमिटिका नेताहरु एकीकृत समाजवादी पार्टी परित्याग गरी पुन नेकपा एमालेमा फर्कनेको लर्कोनै चलेको छ ।
केही समय अगाडि जिल्ला उपाध्यक्ष लगाएत जिल्ला नेताहरु पुन एमाले फर्किएको केही समय नबित्दै ४५ औं पुष्पलाल स्मृति दिवसको दिन पारेर समाजवादी जिल्ला कमिटी सचिवालय सदस्य नारायण तिमल्सिना राज प्रकाश भण्डारी लागाएत जिल्लाका नेताहरु भरत लामिछाने, गोबिन्द देबकोटा, विष्णु माया सापकोटा, कृष्ण बहादुर भोलन र राजेश्वर दाहाल लगाएतले एकीकृत समाजवादी पार्टी परित्याग गरि एमाले फर्किएका छ्न् । उनिहरुले समाजवादी पार्टीको कुनै गन्तव्य र स्पष्ट भिजन नभएकोले पुन नेकपा एमालेमा फर्किएको बताएका छन् ।
एकीकृत समाजवादीबाट एमाले फर्किएकालाई एमाले स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख काषिनाथ अधिकारी, मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञावली, पार्टी केन्द्रिय नेता तथा जिला इन्चार्ज रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, संविधान सभा सदस्य अनन्त पौडेल, मकवानपुर जिला अध्यक्ष एक्कालाल श्रेष्ठले पार्टीमा स्वागत गरेका थिए ।
नवप्रवेसीहरुले माधव नेपालले एकीकृत समाजवादी पार्टीलार्इ माओवादी केन्द्रामा लगेर समाहित गर्न खोजेकोआरोप समेत लगाएका छ्न् ।




