एसईईमा उत्कृष्ट बिद्यार्थीलाई वडा अध्यक्ष पान्डेले गरे नगद सहित मायाको चिनोले सम्मान

पालिका डायरी
७ श्रावण २०८०, १७:०६

हेटौंडा / मकवानपुरको भीमफेदि गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सागर पाण्डेले बाराही माध्यमिक बिद्यालयबाट २०७९ मा एसईईमा उतिर्ण भएकालाई नगद सहित मायाको चिनोले सम्मान गरेका छन ।

अध्यक्ष पाण्डेले २०७९ को एसईईमा जिपिएको आधारमा प्रथम द्दितिए र तृतीय लाई नगद र मायाको चिनोले सम्मान गरेका हुन भने बाकी ३० जनालाई मायाको चिनो प्रदान गरेका छ्न ।

वडा भित्रका २०७९ मा एसईई उतिर्ण बिद्यार्थीलाई सम्मान गरेर प्रोत्साहन स्वरुप नगद पुरस्कारको वितरण सुरु गरेका पाण्डेले यस्ता खाले शैक्षिक प्रोत्साहन कार्यक्रमलाई आफुले सधै अगाडि बढाउने बताएका छन् । यस वर्ष यएसईईमा बढी जिपिए ल्याने बुद्द कुमारी दोङ्ग लाई नगद १० हजार सहित मायाको चिनोले सम्मान गरे भने दोस्रो र तेस्रो हुने प्रज्वल सुबेदी र सजिना घलानलार्इ जनही नगद पाँच हजार र मायाको चिनोले सम्मान गरेका हुन ।

अध्यक्ष पाण्डेले आफ्नो वडा भित्र शैक्षिक सुधारको योजना अनुरुप आफुले पाउने एक महिना बापदको भत्ता रकमलार्इ यस बाराही माध्यमिक बिधालय का भाइबहिनीहरुलाई जिपिएको आधारमा धेरै जिपिए ल्याएर एसईई उतिर्ण भएकालार्इ थोरै भएपनि हौसला स्वरुप नगद सहित सम्मान गरेको जानकारी गराए ।

उनले बिद्यार्थीलाई आगामी दिनमा प्रतिस्पर्धाको भावना जगोस भनेर उनिहरुकै हौसल्ला बढोस भन्ने सोचेर आफुले आफ्नो भत्ताबाट यो नगद सहित सम्मान गर्ने कार्य सुरु गरेको बताए ।

प्रतिक्रिया