सहयोगी मन नेपालद्धारा तिवारीलाई ह्विलचियर सहयोग

पालिका डायरी
१ श्रावण २०८०, २०:४०

हेटौंडा / सहयोगी मन नेपालले एक बृद्धलाई ह्विलचियर सहयोग गरेको छ ।

आज हेटौंडा १६ निवासी खडानन्द तिवारीलाई ह्विलचियर प्रदान गरेको हो । अवस्थ अवास्थाका तिवारीलाई हिड्डुल गर्न सहज होस् भन्ने उदेश्यले ह्विलचियर सहयोग गरिएको सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलागाईंले जानकारी दिए।

पारिवारका सदस्यहरुको अनुरोध अनुरुप ९१ बर्षीया तिवारीलाई ह्विलचेर प्रदान गरेको अध्यक्ष चौलागाईंले बताए । हेटौंडा १७ का वडा अध्यक्ष उद्धव सत्यालबाट सहजीकरण गरिएको थियो । ह्विलचेर संस्थाका सल्लाहकार शिव खनाल श्री कृष्ण प्रणामी सेवा समिती नेपालका केन्द्रिय उपाध्यक्ष रामकृष्ण तिवारीको उपस्थितिमा प्रदान गरिएको थियो ।

सहयोगी भाव बोकेको यस संस्थाले यसअघि पनि विभिन्न प्रकारका सहयोगहरु गर्दै आएको छ ।

प्रतिक्रिया