नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले बुझायो श्रम रोजगार कार्यालयलाई ज्ञापन पत्र
हेटौंडा / नेपाल ट्रेड युनियन महासंघ( जिफन्ट ) बागमती प्रदेश कमिटी र हेटौंडा उपमहानगर कमिटिले श्रम रोजगार कार्यालय हेटौंडामा ज्ञापन पत्र बुझाएको छ ।
नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको नेतृत्वमा श्रम रोजगार कार्यालय हेटौंडाका कार्यालय प्रमुख छन्द नारायण श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन । जिफन्ट बागमती प्रदेश कमिटिका अध्यक्ष राम हरि नेपालको नेतृत्वमा हाम्रो अधिकार खोसिदै छ जीवन धान्न सक्ने पारिश्रमिक निर्धारण गर भन्ने नारा लगाउँदै शान्तिपुर्ण जुलुस सहित श्रम तथा रोजगार कार्यलय हेटौंडामा पुगेर ज्ञापन पत्र बुझाएको हो ।
अध्यक्ष नेपालले प्रत्येक दुई वर्षमा श्रमजीवी मजदुरको पारिश्रमिक बड्नुपर्ने नीति अनुसार यो आर्थिक वर्षमा श्रमिकको बड्नु पर्ने पारिश्रमिक बर्तमान सरकाले मजदुरको हित बिपरित निर्णय गर्न खोजेकोले आज देशै भरीका श्रम कार्यलय र सम्बन्धित मन्त्रालयमा ज्ञापन पत्र बुझाइने कार्यतालिका अनुसार श्रम कार्यालय हेटौंडामा पनि ज्ञापन पत्र बुझाएको बताए । उनले २०७४ को संविधानले दिएको अधिकार अनुसार सरकार कार्यन्वयन गर्न अग्रसर नदेखिए पछि ज्ञापन पत्र बुझाउन परेको उल्लेख गरे । श्रमिकले अहिले खाइ पाई आएको तलबले न गतिलो उपचार गराउन पुग्छ न राम्रो शिक्षा लिन पुग्छ भन्दै हाम्रो मागलाई वर्तमान सरकारले बेवास्ता गरे अन्य चरणबद्ध आन्दोलन गरिने जानकारी गराए ।
नेपाल ट्रेड युनियन हेटौंडा उपमहानगरपालिका कमिटिको अध्यक्ष शम्भु लामाले मजदुरको स्मस्या माथी खेलवाड गरे चुप नबस्ने भन्दै केन्द्रिय सर्कुलर अनुसार ज्ञापन पत्र बुझाउन आयको जानकारी गराए। उनले आज बुझाएको ज्ञापन पत्रले समग्र मजदुरको पक्षमा सरकारले निर्णय गर्ने विश्वास व्यक्त गरे । ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिफन्ट मकवानपुर इन्चार्ज तथा जिफन्ट बिपद ब्यबस्थापन संयोजक गिता कार्की लगाएत मकवानपुरका मजदुरहरुको उपस्थिति रहेको थियो ।




