बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा ग्रेटर नेपालको नक्सा

पालिका डायरी
८ असार २०८०, ०९:४८

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ।

बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन्।

छिमेकी मुलुक भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसमेत समेटिएको ‘अखण्ड भारत’ नामक नक्सा राखेपछि त्यसको प्रतिवादमा नेपालका सरकारी कार्यालयहरुले पनि पूर्व टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको विशाल नेपालको नक्सा आफ्नो कार्यालयमा राख्न थालेका छन्।

प्रतिक्रिया