पतिले कुटपिट गर्दा वडा सदस्यले ज्यान गुमाइन्

पालिका डायरी
३२ जेष्ठ २०८०, १२:२४
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

काभ्रेपलाञ्चोकमा एकजना जनप्रतिनिधिले पतिको कुटपिटबाट ज्यान गुमाउनु परेको छ।

काभ्रेको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानीमाया विकलाई उनका पति सन्दु विकले कुटपिट गरेर ज्यान लिएका हुन्।

पति सन्दुको कुटपिटबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा बुधवार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

ज्ञानीमाया २०७८ वैशाखको स्थानीय तह निर्वाचनमा नमोबुद्ध ११ को वडा सदस्यमा नेकपा एमालेबाट विजयी भएकी थिइन्। उनले त्यहाँ दोस्रो कार्यकाल वडा सदस्यको चुनाव जितेकी थिइन्।

प्रतिक्रिया