१५ दलित सहित २४ परिवारले पाए अनुदानको बाख्रा, व्यावसायिक बन्न अध्यक्ष लामाको आग्रह
हेटौंडा / मकवानपुर भीमफेदी गाउँपालिकाले व्यवसायिक बाख्रा पकेट कार्यक्रम अन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर ९ भदौरे क्षेत्रका २४ जना कृषक परिवारलाई ७२ वटा बाख्रा र ८ वटा बोका ५० प्रतिशत अनुदानमा बितरण गरेको छ । हिजो सोमबार एक कार्यक्रमको बिच भदौरेका स्थानीय किसानलाई उक्त बाख्रा वितरण गरिएको हो ।
भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामको प्रमुख आतिथ्यतामा भएको बाख्रा वितरण कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा आर्थिक विकास सम्योजक कासिराम बज्युको उपस्थित रहेको थियो । बाख्रा लाभान्वित २४ परिवार मध्ये १५ दलित परिवारले पाएका छ्न ।
वितरण कार्यक्रममा गाउँपालिकाको अध्यक्ष हिदम लामाले तपाइँहरुको आर्थिक उन्नतिलाई मध्यनजर गरेर गाउपालिकाले बाख्रा पकेट कार्यक्रम राखिएको बताए । अध्यक्ष लामाले अब आगामी दिनमा पनि किसानको आय आर्जनको लागि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए उनले बाख्रा वितरण कार्यक्रमा अति बिपन्न र दलितलाइ प्राथमिकतामा राखेर वितरण गरेका छौ यस्लाइ सहि तरिकाले ग्रहण गर्दै बिस्तारै अब निर्बाह मुखी नभई व्यावसायिक तर्फ उन्मुख हुन किसानहरुलाई आग्रह गरे । लामाले अब आफ्नो यो कार्यकालमा जनताको आर्थिक पर्वर्तनमा लाग्ने बताउदै सबै किसानलाई व्यावसायिक तर्फ उन्मुख हुन आग्रह गर्दै सम्पुर्णलाई व्यबसायिक सफलताको शुभकामना व्यक्त गरे ।




