प्रेस चौतारी मकवानपुरको साधारणसभा, दुइ जना पुरस्कृत
हेटौंडा / प्रेस चौतारी नेपाल मकवापुर साखाको साधारणसभा आज हेटौंडामा भएको छ । साधारणसभाको उद्घाटन् गर्दै बागमती प्रदेशका प्रथम मख्यमन्त्री डोरमणि पौडेलले अहिलेको सरकारले गरेका नराम्रा कामहरुको पत्रकारहरुले भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।
प्रदेश तहमा आफु मुख्यमन्त्री हुँदा सात वटा मन्त्रालय भएपनि १४ वटा मन्त्रालय थप्दा आम नागरिकहरुले प्रदेश सरकार प्रति हेर्ने दृष्टिकोण समेत नराम्रो भएको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिब हिरामान लामाले पत्रकार महासंघले सुद्धीकरणका नाममा क्रियाशिल पत्रकारहरुलाई हटाएमा आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिब बिष्णु तारुके, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष शरद सापकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, नेकपा एमाले मकवानपुरका सचिब तथा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, प्रेस चौतारी मकवानपुरका इन्चार्ज सुरेन्द्र मान प्रधान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ठ, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बानका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसी, स्वतन्त्र पत्रकार संगठन मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रेस चौतारी मकवानपुरले पत्रकारिता क्षेत्रमा क्रियासिल रहेर काम गर्ने पत्रकार उज्वल अधिकारी र निशा गुरुङलाई नगद सहित सम्मान गरेको छ ।
त्यसैगरी आजको साधारणसभापछीको बन्दसत्रले प्रेस चौतारी मकवानपुरको उपाध्यक्षमा सुनिता विष्ट, सहसचिवमा मनिता राना, सदस्यहरुमा अशोक बजगार्ई, स्मिता अर्याल, भुवन थापा र अम्बिका बस्नेत चयन हुनु भएको छ । बन्दसत्र कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठ सहित प्रेस चौतारी नेपालका नेताहरुले संबोधन गर्नु भएको थियो ।

