थाहा नगरपालिकाः उपभोक्ता समितिको योजना सम्झौता नगर्ने हाकिमले खरिदका लागि सूचना निकाले

पालिका डायरी
२१ जेष्ठ २०८०, १२:५८

मकवानपुरको थाहा नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले उपभोक्ता समितिहरुलाई सम्झौताको अवधि सकिएको भन्दै फिर्ता गर्न थालेको एक हप्ता पछि खरिद सम्बन्धी सूचना प्रकाशन गरेका छन् ।

चालु आर्थिक वर्षका लागि उपभोक्ता समिति मार्फत संचालन गरिने योजनाको सम्झौता गर्न आउँदा प्रमुख प्रशासकीय अधिकृत गिरीले उपभोक्ताहरुलाई फिर्ता गरेका थिए । थाहा नगरपालिकाका एक उपभोक्ताले भने–‘हामीले प्राविधिकसंगको सल्लाहमै योजना संचालन थालेका थियौं, हाकिमले गर्न पर्दैन सम्झौता गर्ने समय सकियो भन्नुभो ।’ वडा कार्यालय र नगरपालिकाले योजनाको लागि छुट्याएको बजेट घटेर आएको र बजेट नपुग्ने समेत भनेको ति उपभोक्ताले भने । गाउँका लागि अति आवश्यक योजनाहरुमा आर्थिक वर्ष सकिने २ महिना बाँकी नै थियो हामी छिट्टै योजना सक्छौं भन्दा पनि प्रमुख प्रशासकीय अधिकृत गिरीले सम्झौता नगर्ने बताएको उपभोक्ताको गुनासो छ ।

यसैबीच थाहा नगरपालिकाको वेवसाइटमा जेठ २१ गते एकाविहानै खरिद सम्बन्धी सूचना सार्वजनिक भएको छ । चिल्ड्रेन पार्कको सामाग्री खरिद सम्बन्धी दरभाउ आव्हानको सूचना वेवसाइटमा प्रकाशन गरेको हो । ८ लाख रुपियाँ लागत अनुमान रहेको पार्कको सामाग्रीहरु खरिदका लागि १५ दिने सूचना आव्हान गरेको हो । आर्थिक वर्ष सकिनै लाग्दा खरिदमा आकर्षित हुँदै प्रमुख प्रशासकीय अधिकृतले गिरीले सूचना आव्हान गरेको प्रष्ट देखिएको छ ।

आर्थिक वर्ष सकिने महिना असारको पहिलो सातासम्म आवेदन दिन सकिने गरी शिलबन्दी दरभाउ आव्हान गरिएको यो कार्यक्रम चालु आर्थिक वर्षका लागि गत असार महिनामै स्वीकृत कार्यक्रम भएको बताइएको छ ।

 

 

प्रतिक्रिया