भारतमा उपचारपछि राष्ट्रपति पौडेल डिस्चार्ज, आज राति स्वदेश फर्कँदै

पालिका डायरी
१७ बैशाख २०८०, १५:३२
कांग्रेस महाधिवेशन : वरिष्ठ नेता पौडेल भोट हाल्न नजाने file photo

काठमाण्डाै / भारतमा उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज हुनुभएको छ । उहाँ आज नै राति स्वदेश फर्किनु हुने भएको छ ।

पेट र छातीमा समस्यामा देखिएपछि गएको वैशाख ६ गते राष्ट्रपति पाैडेल उपचारका लागि भारत जानुभएको थियो । उहाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किन लाग्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्तिअनुसार उहाँ नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लाग्नुभएको हो । राष्ट्रपति पौडेललाई डाक्टरले केही हप्ता आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया