इच्छाकामनाबाट दोब्बरको अग्रता बनाए रविले, एमाले दोस्रो, गठबन्धन तेस्रो
file photo
चितवन क्षेत्र नम्बर २ मा ग्रामीण भेगबाटै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन्।
मंसिरको चुनावमा सहरी क्षेत्रमा पसेपछि मात्रै फराकिलो अग्रता बनाएका उनले यस पटक गाउँबाटै दोब्बर मत पाएका हुन्।
पछिल्लो गणनाअनुसार उनले इच्छाकामना गाउँपालिकाका १ र ३ नम्बर वडाबाट दोब्बर मत पाएका हुन्।
त्यहाँको २४ सय ८४ मतगणना हुँदा रविले ११५५ मत ल्याएका छन्। रविपछि नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत पाएका छन्।
यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन्।
प्रतिक्रिया

