ट्रकको ठक्करबाट काका र भतिजको मृत्यु

पालिका डायरी
७ बैशाख २०८०, २०:१७
accident

हेटौंडा / सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको लालबन्दी नगरपालिका ६ स्थित फुटवल ग्राउण्ड नजिकै बिहीबार बिहानै २(०३)००१ ख ८१५ नम्बरको ट्रकले ना ३३ प ७५ १३ नम्बरको मोटरसाइकललाई दिंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका ११ का २९ वर्षीय सर्वन कुमार महतो र पछाडी सवार उनका १२ वर्षीय भतिज बिक्रम कुमार रहेका छन् ।

ट्रक र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रतिक्रिया