मकवानपुरका धेरै वनमा डढेलो, हेटौंडाका वन वरपरका वस्तीनै जोखिममा
हेटौंडा / मकवानपुरका विभिन्न भागमा डढेलोको लाग्नेक्रम रोकिनु भन्दा पनि दिनहुँ वृद्धि भएको छ । डढेलोका कारण मकवानपुरका दश वटै स्थानीय तहका सामुदायिक वन सखाप बन्दै गएको छ । डढेलोका कारण सामुदायिव वन नजिकै रहेका वस्तैहरुनै जोखिममा परेका छन् ।
गएराती हेटौंडाको चौकिटोलमा रहेको सामुदायिक वनमा आगोलागी हुँदा वनसंगै जोडिएको चौकिटोलको वस्तीनै डढेलोको जोखिममा परेको थियो । स्थानीय वासिन्दाहरुले जंगलको आगो घर सम्म आइपुग्नेहोकी भनेर निकै त्रासमा रहेका थिए । डढेलोका कारण हेटौंडाको वायु प्रदूषण निकै फैलिएको छ । घर बाहिर निस्कँदा आँखा समेत पाल्ने गरेको छ । डढेलोको थुवा हेटौंडामा जताततै फिलिएको ।
डढेलोले यहाँका वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन । वैज्ञानिक विधि र प्रविधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको र डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या कायमै छ ।
प्रदेश सरकार, स्थानीय तह, संरक्षित क्षेत्र, स्थानीय प्रहरी प्रशासन, सेना, वन समूहहरू बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा उदासीन देखिएका छन् । एक दशकअघि नै बनाइएको वन डढेलो नियन्त्रण रणनीति अहिलेसम्म अलपत्र छ । २०६७ मा बनेको रणनीति कार्यान्वयनका लागि अहिले पनि कार्ययोजना नै बनेको छैन ।
डढेलोले संरक्षित साल तथा अन्य जातका रुख, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाई प्रत्यक्ष असर गर्ने डिभिजन वन कार्यालय हेटौंडाले जनाएको छ। सामुदायिक वनमा आगलागी हुँदा हरेर बस्नुपर्ने बाध्यता रहेको डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख शिब सापकोटा बताउनुहुन्छ । हरेक दिन वनहरुमा आगलागी भइरहेका छन् । तर, आगलागी नियन्त्रण गर्ने थोरै मात्र जनसक्ति भएकाले हेरेर बस्नुपर्ने अवस्था आएको बताउनुभयो । जताततै आगलागी हुँदा पनि त्यही भएका कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरुलाई लिएर डढेलो नियन्त्रण गर्ने प्रयास भने कमै भएका छन् ।


