बागमतीको मन्त्रीपरिषद् पुर्नगठनका लागि आज अन्तिम बैठक बस्दै

पालिका डायरी
२१ चैत्र २०७९, १३:३१
mukhyamantri kryalay bagamati

बागमती प्रदेशको मन्त्रीपरिषद् पुर्नगठनका लागि आज (मंगलबार) बैठक बस्दै छ। कार्यकदलले निकालेको विकल्पकमा बारेमा छलफल गरेर अन्तिम रुप दिने उदेश्यले बैठक बस्न लागेको हो।

चार पटक सम्मको बैठकले निश्कर्ष निकाल्न नसकेपछि आज पाँचौ पटक मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, संसदीय दलका नेताहरु तथा कार्यदलका सदस्यहरुबीचमा छलफल हुन लागेको कार्यदलका संयोजक रामकृष्ण चित्रकारले जानकारी दिए। उनका अनुसार आज बस्ने बैठकले निश्कर्ष निकाल्ने तयारीमा छ। यसअघि बसेको कार्यदल बैठकले विभिन्न शिर्षकमा ३ वटा विकल्प तयार गरेको छ। सोही विकल्प माथि आज बहस हुने बताइएको छ।

११ सदस्यीय मन्त्रीपरिषद्मा एमाले र राप्रपाले छोडेको ७ रिक्त मन्त्रालयमा कुन दलबाट कति जनालाई मन्त्री नियुक्त गर्ने भन्ने बिषयको टुंगो लगाउन गत मंगलबार ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। तर रिक्त मन्त्रालय भन्दा मन्त्रीको आकांक्षी धेरै भएपछि लामो समयदेखि मन्त्रालय पुर्नगठनमा सकस भैरहेको छ।

प्रतिक्रिया