हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः सुरु

पालिका डायरी
१२ फाल्गुन २०७९, १४:२०
कोइला अभावले हेटौंडा सिमेन्ट उद्योग तीन हप्तादेखि बन्द

कोइलाको अभाव भएपछि बन्द हेटौंडा सिमेन्ट उद्योगले आज (शुक्रबार) देखि पुनः उत्पादन थालेको छ। कोइला अभावले तीन हप्ताभन्दा लामो समयदेखि सिमेन्ट उत्पादन बन्द थियो।

कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको हेटौंडा सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक वसन्त कुमार पाण्डेले जानकारी दिए।

आपूर्ति भएको १ हजार ६ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने प्रबन्ध निर्देशक पाण्डेले बताए। बाँकी कोइला आउने क्रममा रहेको उनको भनाइ छ।

उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भुटान र पाकिस्तानबाट ल्याउने गरेको छ। उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौं, हेटौंडालगायत देशभरका सहरहरुमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ।

प्रतिक्रिया