प्रचण्डले भने– कांग्रेसले उठाएकै उम्मेदवारमा राष्ट्रिय सहमति जुट्न सक्छ
file photo
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको प्रयास अन्तर्गत नेपाली कांग्रेसका नेताहरूसँग छलफल भइरहेको बताएका छन्।
सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपप्रधान एवं विष्णु पौडेलसँग भेटगरेपछि प्रधानमन्त्रीले अहिलेको सत्ता साझेदार दल बचाएर राष्ट्रिय सहमति गर्ने कोसिसमा लागेको बताएका हुन्।
‘कांग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गार्हाे देख्छु,’ प्रधानमन्त्रीको ब्रिफिङ उधृत गर्दै राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नेपालखरसँग भने, ‘यो कोलिसन जोगाएर पनि सहमति जुटाउन सकिन्छ कि भन्ने प्रयासमा छु।’
अझै केही दिन बाँकी भएकोले निरन्तर छलफल गरेर निष्कर्षमा पुग्न सक्ने सम्भावना अझै छ। माधव नेपालको नाममा राष्ट्रपतिमा आए सहमति हुन्छ त? भन्ने प्रश्नमा गजुरेलले भने निर्णायक कांग्रेस भएको बताए।

