सिमलटार युवा क्लबको अध्यक्षमा पुनः पुडासैनी

पालिका डायरी
१९ कार्तिक २०८३, १६:५५
सिमलटार युवा क्लबको अध्यक्षमा पुनः पुडासैनी

हेटौँडा । सिमलटार युवा क्लब, हेटौँडा–११ को अध्यक्षमा पुनः प्रभाकर पुडासैनी निर्विरोध चयन भएका छन्।

क्लबको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जितेन स्याङ्तान, सचिवमा अजयप्रसाद कुर्मी, सहसचिवमा उमेश बस्नेत र कोषाध्यक्षमा उज्ज्वल श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा विष्णु भोम्जन, गौतम कार्की, भोला पुन मगर र बसन्त भुर्तेल निर्विरोध चयन भएका छन्। हेटौँडा–११ स्थित थानाभर्‍याङ सिमलटारमा आयोजित कार्यक्रम क्लबका अध्यक्ष प्रभाकर पुडासैनीको अध्यक्षता तथा सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा पत्रकार गोविन्दप्रसाद न्यौपाने, श्री शङ्कर ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसिं तितुङ (विकास) लगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया