प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

पालिका डायरी
३० आश्विन २०८३, १६:३६
प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन नयाँ प्रहरी विधेयकमार्फत कानुनी सुधार गरिने बताएका छन्।

७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रहरीको आवास, स्वास्थ्य, सरुवा–बढुवा तथा सेवासुविधा व्यवस्थित गर्ने र सबै प्रहरी कार्यालयलाई डिजिटल बनाउने तयारी भइरहेको जानकारी दिए।

उनले एआई, साइबर अपराध, डिजिटल तथा डीएनए फोरेन्सिक अनुसन्धानमा प्रहरीको क्षमता बढाउनुपर्नेमा जोड दिँदै सीमापार अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताए। साथै, प्रहरीको आचरण नागरिकमैत्री बनाउन, निष्पक्ष अनुसन्धान गर्न, गोपनीयता कायम राख्न र अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिए।

विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था गरिएको र प्रहरीको दरबन्दी थप गर्न प्रस्ताव गरिएको पनि उनले बताए।

प्रतिक्रिया