इन्द्रसरोवर कांग्रेस सभापतिमा सुमन श्रेष्ठ सर्वसम्मत निर्वाचित
नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा सुमन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न कांग्रेसको १५औँ अधिवेशनले श्रेष्ठको सभापतित्वमा २४ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
गाउँ सभापतिका लागि श्रेष्ठसँगै कृष्ण महर्जनको पनि दाबी थियो। श्रेष्ठ इन्द्रसरोवर गाउँपालिका–२ का वडाध्यक्ष हुन् भने महर्जन वडा नम्बर ५ का पार्टी सभापति तथा क्षेत्रीय तरुण दलका अध्यक्ष हुन्।
सभापति पदमा दुवै जनाको दाबी रहे पनि अन्तिम समयमा सहमति जुटाएर श्रेष्ठलाई सर्वसम्मत सभापति चयन गरिएको हो ।
सभापतिसहित गाउँपालिका कार्यसमितिका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा वसन्ती स्याङ्तान, महिला उपसभापतिमा सिर्जना बलामी (नगरकोटी), सचिवमा कृष्ण महर्जन र सह–सचिवमा सुवास थापामगर, कोषाध्यक्षमा घनश्याम बलामी लगायत सदस्यहरु निर्वाचित भएका हुन् ।


