हेटौंडा कांग्रेस सभापतिमा कोइराला र संगामीबीच प्रतिस्पर्धा

पालिका डायरी
७ आश्विन २०८३, १६:४३
हेटौंडा कांग्रेस सभापतिमा कोइराला र संगामीबीच प्रतिस्पर्धा

नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिको सभापति चयनका लागि मतदान सुरु भएको छ।

नगर सभापतिका लागि आकांक्षी रामकृष्ण कोइराला र कविन संगामीबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।  बुधबार दिउँसोसम्म सहमतिको प्रयास गरिए पनि अन्ततः चुनावी प्रक्रिया सुरु भएको छ। अहिले सभापति पदका लागि मतदान भइरहेको छ।

कोइराला हेटौंडा–१६ का दुई कार्यकाल निर्वाचित वडाध्यक्ष तथा कांग्रेस हेटौंडा उपमहानगर समितिका उपसभापति हुन्। सांगामी कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव हुन्।

हेटौंडा उपमहानगर कांग्रेसमा १९ वटै वडाका सभापति तथा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि नगर अधिवेशनका मतदाता छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन भइरहेको छ।

प्रतिक्रिया