मनास्लु आरोहणका क्रममा सिंगापुरका आरोहीको मृत्यु
मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।
मनास्लु आरोहणका क्रममा सिंगापुर आरोही ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाउँस्थित मनास्लु हिमालको दोस्रो शिविरबाट आधारशिविर फर्कने क्रममा सेङको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
उनी यही भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए ।
प्रतिक्रिया


