उद्धारका लागि चिनियाँ सैनिक टोली सिधै रसुवा उत्रिँदै
भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार गर्न चिनियाँ सैनिक टोली सिधै रसुवा उत्रिने भएको छ । रसुवास्थित फिल्डमा रहेको सुरक्षा स्रोतले अहिले केही बेरमै चिनियाँ सेनाको टोली आउन लागेको पुष्टि गरेको छ ।
बुधबार आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत् परियोजनाको सुरुङमा फसेका नेपाली र विदेशी इन्जिनियर,प्राविधिक र कामदारको उद्धार गर्न छिमेकी मुलुक चीनले हेलिकप्टरमा विज्ञसहितको टोली नेपाल पठाउने भएको हो ।
जसमा जनमुक्ति सेनाका सुरुङ उद्धारक ४ जना विज्ञ हुनेछन् ।
प्रतिक्रिया

