हेटौंडा–१९ मा खोलाले चार विद्यार्थी बगायो, एकको मृत्यु, दुई बेपत्ता
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चार जना विद्यार्थीलाई बगाएको छ। बाढीका कारण खोलामा आएको भेलमा परी उनीहरू बगाएको जनाइएको छ।
निर्मल माध्यमिक विद्यालय, हेटौंडा–१९ मा अध्ययनरत विद्यार्थीहरू विद्यालयबाट घर फर्किने क्रममा खोलाको बाढीमा परेका हुन्। प्राप्त जानकारीअनुसार घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जनालाई सकुशल उद्धार गरिएको छ। दुई जना विद्यार्थी अझै बेपत्ता रहेका छन्।
बेपत्ता विद्यार्थीको खोजी तथा उद्धारका लागि स्थानीयवासी तथा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया

