मनहरी खोलामा बेपत्ता भएका अशोक प्रजाको शव दुई दिनपछि फेला

पालिका डायरी
२२ श्रावण २०८३, १२:५८

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनहरी पुलदेखि करिब ३०० मिटर दक्षिणतर्फ मनहरी खोलामा बगेर आएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान करिब ८ः३५ बजे मनहरी खोलाको बीच भाग नजिक पानीको बहाव कम भएको स्थानमा खोलाले बगाई किनारमा ल्याएको अवस्थामा शव फेला परेको हो।

फेला परेको शव कैलाश गाउँपालिका–४ सिसैटा निवासी करिब ३२ वर्षीय अशोक प्रजाको रहेको उनका माइला भाइ सुजन प्रजा चेपाङले सनाखत गरेका छन्। प्रहरीका अनुसार अशोक प्रजा साउन २० गते राति करिब ११ बजे कालिटारबाट आफ्नै घरतर्फ जाने क्रममा मनहरी खोला तर्ने बेला बेपत्ता भएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया