देश चलाउन नसक्ने भए हात ठडाए हुन्छ, जनतालाई टुहुरो बनाउन पाइन्न : आरेन राई
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह गम्भीर नदेखिएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरे। सांसद राईले यस्तो बेला सरकारले पहल गर्नुपर्नेमा सरकार आफैँ कालो कोठाभित्र लुकेर चियाइरहेको आरोप लगाए।
सरकारको देश र जनतालाई टुहुरो बनाउने शैली स्वीकार्य नहुने बताउँदै उनले भने, ‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ। कोही न कोहीले त देश लिड गरेर जाला। सरकार कि त निस्किनुपर्यो, कि त सक्तिनँ भनेर हात ठडाउन पर्यो’।
प्रतिक्रिया

