सुतेकै ठाउँमा हात्तीले आक्रमण गर्दा आमाछोराको मृत्यु

पालिका डायरी
२१ असार २०८३, ११:१६
सुतेकै ठाउँमा हात्तीले आक्रमण गर्दा आमाछोराको मृत्यु file photo

चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहनकी ४ वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो। आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

प्रतिक्रिया