विश्व वातावरण दिवसमा हेटौंडा–११ मा रक्तदान, १७ जनाद्वारा रक्तदान
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडास्थित थानाभर्याङमा रक्तदान कार्यक्रम गरिएको छ । ५४ औँ विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।
टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ को आयोजना तथा वडा नम्बर–११ कार्यालयको आर्थिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा बागमती प्रदेश प्रहरी गणका प्रहरीसहित १७ जनाले रक्तदान गरेका थिए ।
वडा समन्वय समिति हेटौंडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्यद्वय विकास नेपाल, गोपिनी सापकोटा, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया


