हेटौँडा / जेन्जी आन्दोलनका क्रममा हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सफाइ ट्यांकीमा आगलागी भई सञ्चालनमा नरहेको सफाइ ट्यांकी पुनः सुचारु भएको छ।
आगलागीका कारण उपमहानगरले जनतालाई सेवा दिन नसकेको अवस्थालाई सुधार गर्दै पालिकाले ट्यांकीमा जडान हुने सक्सन पम्प (सफाइ मेसिन) ल्याएसँगै सेवा पुनः सञ्चालनमा ल्याएको हो। आजबाट उपमहानगरका बासिन्दालाई सेवा पुनः सुचारु गरिएको उपमहानगरपालिकाको वातावरण शाखाले जानकारी दिएको छ।
गत चैतमा भएको जेन्जी आन्दोलनका क्रममा ट्यांकीमा जडान हुने पम्पसहित अन्य सवारीसाधनमा आगलागी भएपछि उपमहानगरले सेफ्टी ट्यांकी सफाइ सेवा दिन सकेको थिएन।