दिउँसो १ बजेसम्म खस्यो साढे ४४ लाख मत, कुन प्रदेशमा कति?
जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदानका केन्द्रमा साढे ४४ लाखभन्दा बढी मत खसिसकेको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार दिउँसो १ बजेसम्म मुलुकभर ४४ लाख ५५ हजार ७९० मत खसेको हो । प्रतिशतका हिसाबले देशभर अहिलेसम्म २४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
प्राप्त विवरणअनुसार यस अवधिमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ८ लाख ६८ हजार ३६९ मत खसेको छ । यसपछि कोसी प्रदेशमा ८ लाख २७ हजार २८७ मत खसेको छ ।
यस्तै मधेसमा ७ लाख २० हजार ७५२ र बागमतीमा ४ लाख ७३ हजार ७७ भोट खसेको छ । बागमती प्रदेशको यो तथ्यांक भने काठमाडौँ उपत्यकाका ३ जिल्लाबाहेकको हो । निर्वाचन आयोगका अनुसार बागमती प्रदेशकै काठमाडौँ जिल्लामा दिउँसो १ बजेसम्म २ लाख ८८ हजार ६५९, ललितपुरमा ८४ हजार ७६७ र भक्तपुरमा ४९ हजार २३० भोट खसेका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा ४ लाख ३१ हजार ७६०, कर्णालीमा ३ लाख १७ हजार ९२० र गण्डकीमा ३ लाख ९३ हजार ९८७ मत खसेका छन् ।
हेर्नुहोस् सूची




