भीमफेदी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ताको निकासा सम्पन्न, बैंक प्रक्रिया अनुसार वितरण हुँदै

पालिका डायरी
३० आश्विन २०८२, ११:४८
संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, भीमफेदीलाई कति ?

हेटौंडा /  भीमफेदी गाउँपालिकाले नेपाल सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा सिमान्तकृत वर्गका सेवाग्राहीका लागि असोज महिनासम्मको भत्ता रकम निकासा गरिसकेको जनाएको छ।

गाउँपालिका प्रमुख प्रशासनिक अधिकृत जीवन कुवँरका अनुसार गाउँपालिकाले एकदेखि नौ वटै वडासम्मका सबै सामाजिक सुरक्षा सेवाग्राहीहरूको भत्ताबापतको रकम निकासा गरिसकेको छ। हाल बैंक प्रणाली तथा नयाँ नाम समावेश, अद्यावधिक र संशोधन प्रक्रियाका कारण वितरणमा केही समय लागिरहेको भए पनि बैंकमार्फत नियमित रूपमा वितरण भइरहेको उनले बताए।

गाउँपालिकामा सम्झौता भएका बैंकहरूमार्फत वितरण भइरहेका सामाजिक सुरक्षा भत्तामा नयाँ सम्झौता खाता व्यवस्थापन र चेकबुक तयारी कार्यसँग सम्बन्धित प्राविधिक प्रक्रियाका कारण केही सेवाग्राहीलाई तिहारअघि रकम प्राप्त गर्न ढिलाइ हुन सक्ने बताइएको छ। बैंकका अनुसार, नयाँ ग्राहकको खाता व्यवस्थापन र प्रणाली अद्यावधिक कार्य सम्पन्न भएपछि सबै लाभग्राहीले रकम पाउनेछन्।

भीमफेदी गाउँपालिकाले सम्बन्धित सबै सेवाग्राहीलाई धैर्य राख्न आग्रह गर्दै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न बैंकलाई आवश्यक निर्देशन प्रदान गरिएको जनाएको छ।

प्रतिक्रिया