मकवानपुरको तीन स्थानीय तहमा प्लाष्टिकको फूलमाला प्रयोग गर्न नपाइने

पालिका डायरी
२८ आश्विन २०८२, १७:१६
मकवानपुरको तीन स्थानीय तहमा प्लाष्टिकको फूलमाला प्रयोग गर्न नपाइने

हेटौंडा /  मकवानपुरका तीन स्थानीय तहले प्लाष्टिकको फूलमाला बिक्रीमा रोक लगाएका छन्। मंगलबार ९आज० सूचना जारी गर्दै आउँदै गरेको तिहारमा प्लाष्टिकको फूलमाला बिक्रीमा रोक लगाइएको बताएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकाले तिहारमा प्लाष्टिकको फूल माला प्रयोग तथा बिक्री गर्न रोक लगाएको हो।

स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन तथा प्रवद्र्धन गर्नुपर्ने भन्दै प्लाष्टिकको फूल र माला बिक्री वितरण र प्रयोग नगर्न भनिएको बताइएको छ। सूचनाको उलंघन गरेर बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याउने तीनैवटा स्थानीय तहले चेतावनी समेत दिएको छ।

तिहार र छठ जस्ता फूलको पर्वमा अयातीय प्लाष्टिकको फूलमाला प्रयोग नगरी स्थानीय स्तरमा उत्पादन भएको सयपत्री, मखमली, गोदावरी जस्ता प्राकृतीक फूलमालाको प्रयोग गर्न सबैमा अनुरोध गर्दै तीनवटै स्थानीय तहले सूचना प्रकाशन गरेका हुन्।

प्रतिक्रिया