चैनपुर जेसीज मनहरी कप फुटबल, कमाने र पटिहानी क्वाटरफाइनलमा
हेटाैंडा / चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी गाउँपालिका ४ मसिने गोलघरमा जारी तेस्रो जेसीज कप खुला फुटबल प्रतियोगिताुमा कमाने फुटबल एकेडेमी र पटिहानी इभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा कमानेले बागमती प्रदेश प्रहरीलाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समय एकरएक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो । खेलमा कमानेको सन्देश देउलाले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बागमती प्रदेश प्रहरीका निर्मल राना मगरले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
टाइब्रेकरमा कमानेका सुहान तामाङ सुरज तामाङ, प्रनित खत्री र अनिष थिङले गोल गर्दा प्रदेश प्रहरीको तर्फबाट अस्विन भुजेल, निरय कटुवाल र अशोक बस्नेतले गोल गरेका थिए । निर्मल राना मगरको प्रहार पोष्टमा लागेर फर्किँदा रामकृष्ण राउतको प्रहारलाइ कमानेला किपर अर्विन बज्युले बचाए । खेलको म्यान अफ द म्याच कमानेला सुहान तामाङ घोषित भए । दोस्रो खेलमा पटिहानी इभेन्ट्सले लामिटार एफसीलाई ४/१ ले हरायो ।
पटिहानीका लागि अनिष महर्जनले तेस्रो र १५ मिनेटमा गोल गर्दा सामुयल सुनार र मिलन स्याङ्तानले एक एक गोल गरे । लामिटारका धिरज राईले अन्तिम गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ द म्याच पटिहानीका अनिष महर्जन घोषित भए ।
जारी प्रतियोगितामा शनिबार ३ खेल हुनेछ । प्रतियोगिताको विजेताले एकलाख एक हजार एकसय ११ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

