भीमफेदीमा जेनजीको नाममा चालक कुटपिट गर्ने पक्राउ
हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटार याङराङपुल नजिक चालकमाथि कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार (हिजो) राति करिब १० बजेतिरको समयमा तरकारी तथा कृषि जन्य उत्पादन ढुवानी गर्ने सवारी साधनहरूलाई रोकी गैरकानुनी चेकजाँच गर्दै चालकलाई कुटपिट गरेको अभियोगमा २२ वर्षीय अमिर रुम्बालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रुम्बाले आफू ‘जेनजी’ समूहको सदस्य भएको दाबी गर्दै गाडी रोकेर चालकहरूसँग अश्लील शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए । रुम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको हो ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजतलास भइरहेको जनाएको छ ।

प्रतिक्रिया



