वडाध्यक्ष सुवेदीद्वारा इलाका प्रहरी कार्यालय नेवारपानीलाई मोटरसाइकल हस्तान्तरण
हेटौंडा / गत मंगलबार जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षति पुगेको इलाका प्रहरी कार्यालय नेवारपानी र प्रहरी चौकी लेवट बसामाडीको भवन मर्मत तथा रंगरोगन सम्पन्न गरिएको छ ।
मकवानपुर प्रहरीका अनुसार स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा दुबै कार्यालय भवनमा मर्मत र रङरोगन कार्य सम्पन्न गरिएको हो । साथै, शान्ति सुरक्षा कायम राख्न र गस्ती तथा पट्रोलिङलाई प्रभावकारी बनाउन हेटौडा उपमहानगरपालिका–१९ का वडा अध्यक्ष नरनाथ सुबेदीले प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् ।
वडा अध्यक्ष सुबेदीले बा.प्र.०३–००१ प ०५१४ नम्बरको १५० सिसी क्षमताको पल्सर मोटरसाइकल १ थान इलाका प्रहरी कार्यालय नेवारपानीलाई प्रदान गरेका हुन् ।
स्थानिय निकाय र भद्रभलाद्मीको सक्रिय सहयोगमा गरिएका यी व्यवस्थाबाट शान्ति सुरक्षा कायम गर्न थप सहज हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया

