शंख फुक्दै सरकारको विरुद्धमा उत्रिए हेटौंडाका युवा

पालिका डायरी
२४ भाद्र २०८२, १०:५३

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा सरकारको राजीनामा माग गर्दै बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सोमबार(हिजो) काठमाडौँमा भएको जेनजी आन्दोलनमा सरकारले दमन गर्दा युवा मारिनु परेको भन्दै बिहानैदेखि मकवानपुरको हेटौंडा, मनहरी बजार लगाएतका क्षेत्रमा प्रदर्शन सुरु भएको हो ।

हेटौंडामा जेनजी समूहको प्रर्दशनसँगै जेनजी बाहेकका युवाहरु समेत बिहानैदेखि प्रर्दशनमा उत्रिएका हुन् । सरकार मर्यो भन्दै शंख फुकेर आन्दोलन गरिरहेका छन् ।
मनहरी बजारमा भने सडकमै टायर बालेर पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध गरिएको छ । मकवानपुरमा सुरक्षाको लागि ठाउँ÷ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी विश्वराज खड्काले जानकार दिए ।

प्रतिक्रिया