नेकपा एस मकवानपुरका अध्यक्ष रास्वपा प्रवेश
हेटौंडा / नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार (हिजो) रास्वपाको केन्द्रीय कार्यालयमा जिल्ला अध्यक्ष दाहाल सहित नेकपा एमालेका जिल्ला सदस्य भूमिनन्द अर्याल रास्वपामा प्रवेश गरेका हुन् ।
रास्वपाका कार्यवाहक अध्यक्ष डीपी ढकालले उनीहरुलाई रास्वपामा प्रवेश गराएका हुन् । कम्यूनिष्ट पार्टीमा रहेका नेताहरु कहिल्यै नसच्चिने भन्दै आफूहरु रास्वपा प्रवेश गरेको दाहालले बताए ।
पुराना पार्टीहरुलाई जनताले विश्वास गर्न सक्ने अवस्था नरहेको बताउँदै दाहालले भने, ‘पुराना पार्टीमा बसेर देश बन्छ भन्ने विश्वास रहेन । युवाहरु विदेश पलायन भैरहनु परेको छ । समाजमा विचलन पैदा भैरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नै मुलुक परिवर्तनकारी शक्ति हो। त्यसैले कम्यूनिष्ट पार्टीमा बस्न मन लागेन। मनमा शान्ति नभएपछि जिल्ला अध्यक्ष पद त्याग्दै रास्वपामा साधारण सदस्य भएर बस्न तयार भएको हुँ ।’

