हेटौंडाबाट खैरोहेरोइनसहित एक युवक पक्राउ

पालिका डायरी
१६ भाद्र २०८२, १६:४१
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ file photo

हेटौंडा/  मकवानपुर प्रहरीले लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

हिजाे (आइतबार) बिहान करिब ११:३० बजे हेटौडा उपमहानगरपालिका–७ मिलनचोकस्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेका हेटौडा–५ बसोबास गर्ने ३२ वर्षीय समिर महतलाई प्रहरीले रोकेर खानतलासी गर्दा लागुऔषध ट्रामाडोल १० क्याप्सुल र खैरोहेरोइन ४ ग्राम ९६० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बरामद गरिएको लागुऔषधसहित महतलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद थप अनुमति लिइएको र लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया