लिपुलेक प्रकरणमा प्रधानमन्त्रीको पहललाई एमाले मकवानपुरका उपाध्यक्ष लामाको समर्थन
file photo
हेटौंडा / नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीका उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले प्रधानमन्त्रीद्वारा लिपुलेक प्रकरणमा चिनियाँ राष्ट्रपतिसँग टेबल वार्ता गर्न सक्नु नेपालका लागि गौरवको विषय भएको बताएका छन्।
उहाँले आफ्नो फेसबुकमार्फत भारत–चीनबीच लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको उल्लेख गर्दै, उक्त भूभाग नेपालको नै हो भन्ने कुरा अन्तर्राष्ट्रिय स्तरमा उठाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको जनाउनुभएको हो।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई पनि उहाँले विशेष महत्वका साथ हेरिएको उल्लेख गर्दै लामा लेख्छन्–
“त्यसक्रममा कतिपयलाई असहज भए पनि राष्ट्रिय हित र भारतसँग प्रत्यक्ष संवाद गरेर हाम्रो भूमि फिर्ता गर्ने पहलमा सरकार अगाडि बढ्छ भन्ने विश्वास छ। सार्वभौमिकताको पक्षमा प्रधानमन्त्रीको कदमलाई सबैले समर्थन गर्नुपर्छ। गर्व गरौँ, हाम्रो भूमि फिर्ताका लागि प्रधानमन्त्रीको पहललाई स्वागत गरौँ।”



