कार्यक्रम नेकपा (एमाले) पालिका कमिटी उपाध्यक्ष तथा जनसंगठन संयन्त्रका संयोजक कासिराम बज्युको अध्यक्षता र पार्टी प्रदेश कमिटी सदस्य तथा भीमफेदी गाउँपालिका इन्चार्ज भगवती पुडासैनीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
बैठकमा पार्टी जिल्ला कमिटी सदस्य तथा जनसंगठन संयन्त्रका इन्चार्ज सन्तोष पौडेल, जिल्ला कमिटी सदस्य जहारसिं लामा, शिवहरी बर्तौला, चेतकुमारी पुडासैनी, सानू थापा लगायत विभिन्न जनसंगठनका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।
कार्यक्रमलाई जनसंगठन संयन्त्रका इञ्चार्ज सन्तोष पौडेल, जिल्ला कमिटी सदस्य जहारसिं लामा, शिवहरी बर्तौला लगायतले सम्बोधन गरेका थिए भने विशेष अतिथि भगवती पुडासैनीले जनसंगठनको कर्तव्य, अधिकार र चुनौतीका विषयमा प्रष्ट पारेकी थीइन।
बैठकले संगठनलाई अझ सशक्त बनाउन तथा आगामी दिनका गतिविधिलाई प्रभावकारी बनाउन ठोस कार्ययोजना अघि सारेको जनाइएको छ।



