स्कुटर र मोटरसाइकल ठोकिँदा २ युवकको मृत्यु, ३ जना घाइते
काठमाडौँको बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल आपसमा ठोकिँदा दुई युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा सिराहाको जम्दह-४ निवासी २९ वर्षीय भोला थापा र नाम ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय युवक छन्। उनीहरूको उपचारको क्रममा त्रिवि शिक्षण अस्ताल महाराजगञ्जमा मृत्यु भएको हो ।
गएराति पौने २ बजेतिर बुढानीलकण्ठ नगरपालिका वडा नम्बर- ७ स्पेसलचोकमा गोल्फुटारबाट बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेकाे बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र बुढानिलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा गोरखाको आरुपोखरी घर भई हाल बुढानिलकण्ठ- ८ भंगाल बस्दै आएका अन्दाजी २४ वर्षीय एरिक परियार, नाम, थर र बतन नखुलेका अन्दजी २८ वर्षीय युवक र नाम, थर र बतन नखुलेका अन्दाजी वर्ष ३० का युवक गरि तीनजना घाइते भएका छन् ।
घाइतेमध्ये नाम, ठेगाना नखुलेका दुई युवककाे अवस्था गम्भीर छ । गम्भीर घाइते एक युवकले कालो ट्याक,निलो टिसर्ट लगाएका र अर्का युवकले खैरो बक्स पाईन्ट, सेतो ट्याक लगाएका प्रहरीले जनाएकाे छ ।
मङ्गोलिएन अनुहार भएका करिव ३० वर्षीय युवकका काेही आफन्तसमेत हाल सम्म सम्पर्कमा नआएका प्रहरीकाे भनाइ छ । घटनाकाे जानकारीपछि प्रहरी प्रभाग बुढानिलकण्ठबाट प्रहरी सहायक निरीक्षक सुवर्ण प्याकुरेलकाे कमाण्डमा गएकाे प्रहरी टाेलीले घाइतेलाई अस्पताल पुर्याएका थिए ।
हाल दुबै सवारी साधन प्रहरी नियन्त्रणमा छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

