डाइभर्सन बनाएपछि सिस्नेरी-दक्षिणकाली सडकमा गाडी चल्न थाले

पालिका डायरी
१ भाद्र २०८२, १४:३३

डाइभर्सन बनाएपछि सिस्नेरी-दक्षिणकाली सडकमा गाडी चल्न थालेका छन् ।

शनिबार बिहान पहिरो जाँदा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको सिस्नेरी-दक्षिणकाली-फर्पिङ सडकमा आइतबार बिहानदेखि गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इन्द्रसरोवर गाउँपालिका-३ स्थित ज्यामिरेमा ठूलो पहिरो जाँदा शनिबार बिहानदेखि यो सडक अवरुद्ध थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार अस्थायी रुपमा डाइभर्सन बनाएर सवारी सञ्चालन सुरु गरिएको छ ।

हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीको दक्षिणकाली-फाखेल-कुलेखान सडकमा भने अहिले निर्वाध रुपमा गाडी चलिरहेका छन् ।

प्रतिक्रिया