भालु खोलाले बगाउँदा एक बालकको मृत्यु

पालिका डायरी
२८ श्रावण २०८२, १२:५२
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

दमक- १० मा रहेको भालु खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

बिहान करिब ७ बजेतिर स्थानीय इन्द्र प्रसाईका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाई र सोही स्थानका कृष्ण प्रसाद ढकालका ११ वर्षीय छोरा भुपेन्द्र ढकाल घरदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको भालु खोलामा पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा धर्मेन्द्र प्रसाईलाई खोलाले करिब ६०० मिटर तलसम्म बगाएको स्थानीयले देखेपछि तत्काल उद्धार गरी निम्स अस्पताल, दमक पुर्‍याइएको थियो। तर, अस्पतालमा ल्याइएपछि बिहान ७:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

अर्का बालक भुपेन्द्र ढकाल भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया