मकवानपुरकी सिता भरतपुरमा मृत अवस्थामा फेला

पालिका डायरी
२३ श्रावण २०८२, ११:५०
मकवानपुरको माण्डु हाईड्रोपावरमा किशोरीको शव फेला

हेटौंडा /  भरतपुर महानगरपालिका–७, विशालचोकमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

मकवानपुरकाे मनहरी गाउँपालिका–३ घर भइ हाल विशालचोकमा डेरा गरी बस्ने ४८ वर्षीया सिता सुवेदी शुक्रबार बिहान विकाश पौडेलको बारीमा मृत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनकारी दिएको छ ।

प्रहरीका अनुसार सुवेदीको मानसिक अवस्था केही समयदेखि ठीक नभएको प्रारम्भिक जानकारी परिवारबाट प्राप्त भएको छ। घटनास्थलमा मृतकका छोरा र बुहारी पुगेका थिए।

बिहान करिब १०:१५ बजे प्रहरीले मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया