बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । मंगलबार (आज) बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार (हिजो) नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बागमतीका तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए । यो सँगै बानियाँ ८ महिनाको लागि बागमतीको मुख्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मुख्यमन्त्री बानियँको सपथ ग्रहण कार्यक्रम आजै अपारह्न ४ बजेका लागि तोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धनको सरकारमा २० महिना कांग्रेस र अर्को २० महिना एमालेले सरकारको नेतृत्व गर्ने केन्द्रीय सहमती छ । जसअनुसार कांग्रेसका बहादुर सिंह लामाले यसअघि १२ महिना मुख्यमन्त्री पद सम्हालिसकेका छन् । अब ८ महिनापछि बागमतीको नेतृत्व एमालेले सम्हाल्ने छ ।

