सेफ्टी ट्याङ्कीमा खस्दा पाँच वर्षीया बालिकाको मृत्यु
हेटौंडा / भरतपुरस्थित सरकारी अस्पतालको प्राङ्गणमा रहेको सेफ्टी ट्याङ्कीमा खस्दा घाइते भएकी पाँच वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१० की अन्जना मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाकारी दिएकाे छ । उनी सोही अस्पतालमा कार्यरत कर्मचारी बिकास मगरकी छोरी हुन् ।
प्रहरीका अनुसार असार हिजो (मंगलबार) करिब ३:३० बजे भरतपुर सरकारी अस्पताल परिसरमा खेल्ने क्रममा अचानक सेफ्टी ट्याङ्कीमा खसेकी अन्जनालाई तत्काल उद्धार गरी सोही अस्पतालमा उपचारका लागि लगिएको थियो । तर अवस्था गम्भीर भएका कारण उपचारकै क्रममा साँझ ६:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

